शब्दयात्रा प्रकाशनबाट काभ्रेपलाञ्चोकको बनेपामा स्थापना गरिन लागेका सालिकहरूका लागि आर्थिक सहयोगस्वरूप मदनकाजी थापा (धनेश्वर, काभ्रे) ले ५ हजार १ सय ५० रुपियाँ र नानुदेवी कुइँकेल (बनेपा, काभ्रे) बाट ५ हजार १ सय रुपियाँ उपलब्ध गराउनुभएको छ ।
बनेपामा नेपालका प्रथम शिक्षासेवी, प्रथम लोकतान्त्रिक पत्रकार, प्रथम गायिका, प्रथम साहित्यिक सहिद र प्रथम वैज्ञानिकको सालिक स्थापना गर्न लागिएको हो ।