आज २०७९ साल कार्तिक १९ गते शनिबार शब्दयात्रा प्रकाशनको नवौँ वार्षिक साधारण सभा संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले हरि मञ्जुश्रीलाई सर्वसम्मत रूपमा सञ्चालक समितिको अध्यक्ष पदमा पुनः चयन गरेको छ । सदस्यमा हरिगोपाल प्रधान, कृष्णमणि कुइकेल, केदारनाथ तिमल्सिना र लीलादेवी श्रेष्ठ चयन हुनुभएको छ । यसै गरी सभाले भरतमणि जङ्गमको संयोजकत्वमा हरि मञ्जुश्री र सुनील सापकोटा सदस्य रहेको विधान संशोधन प्रस्ताव समिति गठन गर्नुका साथै सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र आगामी वर्षको अनुमानित आयव्यय विवरण पारित गरी लेखापरीक्षकको नियुक्तिसमेत गरेको छ । कार्यक्रमको उद्घाटन भरतमणि जङ्गमले र कार्यक्रम सञ्चालन शारदाप्रसाद शर्माले गर्नुभएको थियो । नयाँ सञ्चालक समितिको प्रस्तावक समितिमा सकुल थापा, पदम दाहाल र ढुण्डिराज पोखरेल हुनुहुन्थ्यो । नयाँ सञ्चालक समितिलाई प्रा. केदारनाथ श्रेष्ठले शपथग्रहण गराउनुभएको थियो ।