Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

योगिना श्रेष्ठलाई पत्रकारिता छात्रवृत्ति समर्पण गरिने

शब्दयात्रा प्रकाशनले भक्तपुरको ख्वप कलेजमा पत्रकारिता विषय लिई स्नातक तह चौथो वर्षमा अध्ययन गरिरहेकी विपन्न तथा जेहेन्दार छात्रा योगिना श्रेष्ठलाई २०८३ सालको ‘शब्दयात्रा द्रोणपुष्प...
HomeActivitiesसम्मान समर्पण तथा पुस्तक र गीत सार्वजनिकीकरण कार्यक्रम सम्पन्न

सम्मान समर्पण तथा पुस्तक र गीत सार्वजनिकीकरण कार्यक्रम सम्पन्न

शब्दयात्रा प्रकाशनमा यही २०८१ साल चैत २३ गते शनिबार सम्मान समर्पण तथा पुस्तक र गीत सार्वजनिकीकरण कार्यक्रमको आयोजना गरी आठजना राष्ट्रिय प्रतिभालाई सम्मान समर्पण गर्नुका साथै चारवटा पुस्तक र एउटा गीतलाई सार्वजनिक गरियो । शब्दयात्रा प्रकाशनका सल्लाहकार सावित्री जङ्गम थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले गर्नुभयो । अभिवन्दनापत्रको वाचन कृष्णमणि कुइकेलले गर्नुभएको उक्त कार्यक्रममा पुस्तकहरूका बारेमा डा. इन्दुल केसीले जानकारी दिनुभयो ।
पानसमा दीप प्रज्ज्वलन गरेर कवि मुरहरि रायमाझीले कार्यक्रमको समुद्घाटन गर्नुभएपछि स्वस्तिवाचन र राष्ट्रिय गान प्रस्तुत गरियो । त्यसपछि आजीवन सदस्य जयनारायण नेपालले स्वागत मन्तव्य व्यक्त गर्नुभयो भने प्रा. शङ्करराज पाठकले शब्दयात्रा प्रकाशनलाई आशीर्वाद प्रदान गर्नुभयो । कार्यक्रममा देवीप्रसाद सापकोटा, गोपाल पराजुली, जयदेव अधिकारी, पद्मकला–भीमप्रसाद सुवेदी र पं. रुद्रलाल शर्माको तस्बिरमा माल्यार्पण गर्नुका साथै दिवङ्गत वाङ्मयसेवीहरूको आत्मशान्तिको कामनाका साथ एक मिनेट मौनधारण गरियो । सार्वजनिक गरिएका पुस्तकहरू शब्दयात्रा प्रकाशनका तर्फबाट सहदीप पलाञ्चोके र अमृत अधिकारीले उपस्थित सम्पूर्ण महानुभावहरूलाई निःशुल्क वितरण गर्नुभयो । चयन समितिका संयोजक चन्द्रबहादुर खड्कालाई आजीवन सदस्य अच्युत अधिकारीले शब्दयात्रा प्रकाशनका तर्फबाट उपहार समर्पण गर्नुभयो भने सम्मानित व्यक्तित्वका तर्फबाट मन्तव्य व्यक्त गर्दै कार्यक्रमको समीक्षासहित सभाविसर्जन महाकाव्यकार माधव वियोगीले गर्नुभयो ।
सफ्टवेयर इन्जिनियर रोशन मञ्जुश्री अधिकारीले कार्यक्रमको छायाङ्कन तथा स्वराङ्कन, आजीवन सदस्य केदारनाथ तिमल्सिनाले मञ्चस्थ महानुभावहरूलाई माला अर्पण र कार्यालय व्यवस्थापक सङ्गीता केसीले विभिन्न व्यवस्थापन गर्नुभयो ।