Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

अक्षयकोषका लागि थप १ लाख रुपियाँ प्रदान

आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
HomeActivitiesषडानन्द अधिकारीका विषयमा प्रवचन

षडानन्द अधिकारीका विषयमा प्रवचन

शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले सनातन वैदिक विवेचना कार्यक्रम अन्तर्गत प्रवचन गर्ने क्रममा यसपटक निजी क्षेत्रबाट नेपालमा पहिलोपटक सामुदायिक विद्यालय खोल्ने शिक्षासेवी आबाल ब्रह्मचारी षडानन्द अधिकारीसँग सम्बन्धित किंवदन्तीहरूका विषयमा प्रवचन गर्नुभएको छ । उहाँले आफ्नो प्रवचनमा षडानन्द अधिकारीसँग जोडिएका ३५ प्रकारका किंवदन्तीहरूको चर्चा गर्नुभएको थियो । प्रवचनपछि त्यस्ता किंवदन्तीहरूलाई सङ्कलन गरेर पुस्तकका रूपमा प्रकाशन गर्न सके समाज धेरै लाभान्वित हुने थियो भन्ने प्रतिक्रिया प्राप्त भएको थियो । स्मरणीय छ आबाल ब्रह्मचारी षडानन्द अधिकारीको अर्धकदको सालिक शब्दयात्रा प्रकाशनले नेपालका प्रथम शिक्षासेवीका रूपमा बनेपामा स्थापना गरेको छ ।