कुनै पनि विधाका माध्यमले राष्ट्रिय स्तरको योगदान गर्ने भक्तपुर जिल्लाका प्रतिभाशाली व्यक्तिलाई शब्दयात्रा प्रकाशनबाट हरेक वर्ष पुरस्कार समर्पण गरिने भएको छ । यसका लागि भ्रष्टविरोधी शास्त्रका प्रणेता तथा अग्रज वाङ्मयसेवी भरत जङ्गमले अक्षयकोषको व्यवस्था गरिदिनुभएको छ । त्यही अक्षयकोषको ब्याजबाट प्राप्त भएको रकम पुरस्कारका लागि खर्च गरिनेछ । पुरस्कारको नाउँ ‘शब्दयात्रा भरत जङ्गम भक्तपुर प्रतिभा पुरस्कार’ राखिएको छ । पुरस्कार यही २०७८ सालदेखि समर्पण गरिनेछ । पुरस्कृत गर्दा रकम, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, रुद्राक्षमाला र उपहार समर्पण गरिनेछ ।