शब्दयात्रा प्रकाशनद्वारा बनेपामा संस्थापित शब्दसाधकका पाँचवटा सालिक शब्दयात्रा शारदा मन्दिर, शब्दयात्रा पुस्तकालय र शब्दयात्रा स्तम्भको अवलोकन गर्नका लागि शब्दसाधक तीर्थमा पुग्ने वाङ्मयप्रेमीहरूको सङ्ख्या बढ्दै गएको छ । शब्दसाधक तीर्थमा पुग्दा नीलकण्ठेश्वर महादेव र शेषशायी विष्णुको दर्शन पनि गर्न पाइने भएकाले सङ्ख्या बढ्दै गएको हो ।
कवयित्री शारदा घिमिरे भैलले पनि मित्रका साथ शब्दसाधक तीर्थको अवलोकन गर्नुभएको छ । उहाँलाई शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले शब्दसाधक तीर्थमा स्वागत गर्नुभएको थियो भने रमेश अधिकारी र सङ्गीता केसीले शब्दयात्रा प्रकाशनका गतिविधिहरूका बारेमा जानकारी गराउनुभएको थियो ।