Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

‘वैदिक सम्पदाको विश्वव्यापिता’ सार्वजनिक

हरि मञ्जुश्रीद्वारा लिखित ‘वैदिक सम्पदाको विश्वव्यापिता’ नामक पुस्तक आज असोज १७ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ । शिक्षासेवीद्वय पूर्णबहादुर...
HomeActivities‘शब्दसंवाद’ मा कमलबहादुर राय

‘शब्दसंवाद’ मा कमलबहादुर राय

शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को उनन्चालीसौँ शृङ्खलामा समाजसेवी तथा सहकारीकर्मी कमलबहादुर राय प्रमुख वक्ताका रूपमा प्रस्तुत हुनुभयो । उहाँले समाजसेवा र सहकारिताका विषयमा प्रवचन गर्नुभएको थियो ।
शिक्षासेवी पूर्णबहादुर कर्माचार्यलाई सभापति वरण गराई कार्यक्रमका सञ्चालक पदमनाथ ढुङ्गानाले प्रमुख वक्ताको परिचय गराएपछि सुरु भएको प्रवचन कार्यक्रममा अग्रज लोकगायक मच्छेश्वर सापकोटाका साथै शारदाप्रसाद शर्मा, श्री शर्मा मूर्ख, छविलाल कुइँकेल, वासुदेव कुइँकेल, विष्णुहरि तिमल्सिना, निर्मला काफ्ले, शर्मिला कुइँकेल, देवकृष्ण श्रेष्ठ, शम्भुप्रसाद कुइँकेल, दीक्षा घिमिरे आदिको सहभागिता रहेको थियो ।