शब्दयात्रा प्रकाशनको स्थापनाकालदेखि नै यस संस्थासँग मेरो सम्बन्ध रहेको छ । मैले यस संस्थालाई केही सहयोग गर्ने मौका पनि पाएको छु । यु–सफ्ट कम्प्युटरका तर्फबाट मैले केही सामग्रीहरू यस संस्थालाई उपलब्ध गराएको छु र अन्य सहयोग पनि गरिरहेकै छु । यस संस्थाका गतिविधिहरूले हाम्रो काभ्रे जिल्लाको गौरव बढाइरहेको हुनाले यस्ता सहयोगहरू गरिरहने मेरो चाहना पनि छ ।
शब्दयात्रा प्रकाशनले आफ्नो नाउँमा रहेको बनेपाको जग्गामा नेपालका पाँचजना ऐतिहासिक व्यक्तिहरूको सालिक स्थापना गरेको छ । नेपालमा पहिलोपटक एकै ठाउँमा नेपालका प्रथम शब्दसाधकहरूको सालिक स्थापना भएकाले हाम्रो जिल्लाले गौरव गर्न पाएको छ । यस्ता कामहरू यस संस्थाले अरू पनि गरोस् भन्ने चाहन्छु र यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई पनि शब्दयात्रा प्रकाशनलाई सहयोग गरिदिन आग्र्रह गर्दछु ।
केही दिनअघि शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले सालिक राखिएकै ठाउँमा शब्दयात्रा स्तम्भ बनाउन पाए हुन्थ्यो भन्ने कुरा मसँग व्यक्त गर्नुभयो । त्यसका लागि केही सहयोग गर्न सक्नुहुन्छ कि भनेर सोध्नुभयो । आठ वर्षभित्र बनेपामा पाँच आना जग्गा जोडेर पाँचवटा सालिक राखिसकेको र साप्ताहिक पत्रिका नियमित रूपमा निकालेर १२५ वटा किताब पनि छापिसकेको हुनाले यस संस्थालाई थप सहयोग गर्न म उत्साहित भएँ । त्यसैले शब्दयात्रा स्तम्भका लागि आवश्यक पर्ने आर्थिक सहयोग गरेर मेरा तर्फबाट स्तम्भ निर्माण गरिदिने वचनबद्धता म प्रकट गर्दछु । सकेसम्म तीन महिनाभित्र स्तम्भ निर्माण गरिसक्ने गरी काम अघि बढाउन म संस्थाका साथीहरूलाई आग्रह गर्दछु ।
शब्दयात्रा प्रकाशन नेपालको गौरवशाली संस्था बनोस् भन्ने मेरो कामना छ ।

सम्मानपत्रमा यस्तो लेखिएको छ —
(१)
श्री कृष्णहरि मैनालीद्वारा व्यवस्थापित
शब्दयात्रा राष्ट्रझङ्कार सम्मान, २०७६
नेपालको राष्ट्रियता सबल बनाउनका लागि जनतामा राष्ट्रिय स्वाभिमान जगाउन र बढाउन, राजनीतिक दलहरूलाई जनतामुखी बनाउन र सबैलाई कर्तव्यपथमा लागिरहनका लागि उत्प्रेरित गराइरहन प्रवचन, लेखन, प्रकाशन आदिका माध्यमबाट अहोरात्र लागिपर्नुभएका प्रा. डा. श्री सुरेन्द्र केसी (ताप्लेजुङ) लाई शब्दयात्रा राष्ट्रझङ्कार सम्मान, २०७६ बाट हार्दिकतापूर्वक सम्मानित गर्दै यो अभिवन्दनापत्र समर्पण गर्दछौं ।
कृष्णहरि मैनाली सविता अर्याल हरि मञ्जुश्री डा. वासुदेव त्रिपाठी
सम्मान व्यवस्थापक संयोजक ः चयन समिति अध्यक्ष ः शब्दयात्रा प्रकाशन प्रमुख अतिथि
दिनाङ्क ः मङ्गलबार, २१ जेठ २०७६

(२)
श्रीमती गीता मञ्जुश्री अधिकारीद्वारा व्यवस्थापित
शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मान, २०७६
कवि नन्दिकेश्वर अधिकारीको वंशका वाङ्मयसेवीहरूका साथै प्रथम शिक्षासेवी आबाल ब्रह्मचारी षडानन्द अधिकारीका विषयमा विशेष अन्वेषण–अनुसन्धान, प्रचारप्रसार तथा प्रकाशन आदिका लागि सक्रिय रहनुभएकोमा वाङ्मयसेवी प्रा. श्री लालानाथ सुवेदी (भोजपुर) लाई शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मान, २०७६ बाट हार्दिकतापूर्वक सम्मानित गर्दै यो अभिवन्दनापत्र समर्पण गर्दछौं ।
गीता मञ्जुश्री सविता अर्याल हरि मञ्जुश्री डा. वासुदेव त्रिपाठी
सम्मान व्यवस्थापक संयोजक ः चयन समिति अध्यक्ष ः शब्दयात्रा प्रकाशन प्रमुख अतिथि
दिनाङ्क ः मङ्गलबार, २१ जेठ २०७६

(३)
श्री कल्याण लम्सालद्वारा व्यवस्थापित
शब्दयात्रा सिर्जना सम्मान, २०७६
शब्दयात्रा प्रकाशनबाट २०७५ सालमा प्रकाशित १९ वटा कृतिहरूमध्ये पाठकमतका आधारमा चयन समितिबाट उत्कृष्ट मौलिक सिर्जना ठहर गरिएको ‘अक्षरहरूको बिस्कुन’ नामक कवितासङ्ग्रहका कवि डा. श्री हेमराज काफ्ले (मोरङ) लाई उक्त कृतिका लागि शब्दयात्रा सिर्जना सम्मान, २०७६ बाट हार्दिकतापूर्वक सम्मानित गर्दै यो अभिवन्दनापत्र समर्पण गर्दछौं ।
कल्याण लम्साल रामप्रसाद तिमल्सिना हरि मञ्जुश्री डा. वासुदेव त्रिपाठी
सम्मान व्यवस्थापक सदस्य ः चयन समिति अध्यक्ष ः शब्दयात्रा प्रकाशन प्रमुख अतिथि
दिनाङ्क ः मङ्गलबार, २१ जेठ २०७६

(४)
सुश्री निर्मलाकुमारी यगोल श्रेष्ठद्वारा व्यवस्थापित
शब्दयात्रा शिक्षक सम्मान, २०७६
लामो समयसम्म शिक्षण सेवा गरी आफूले सेवा गरेका शिक्षालयहरूको स्थायीत्व तथा शैक्षिक गुणस्तर बृद्धिका लागि अनवरत प्रयत्न गर्नुका साथै पत्रकारिताका माध्यमबाट जनचेतना बढाउन अहम् भूमिका पनि निर्वाह गर्नुभएकोमा तपाईं श्री हरिविनोद अधिकारी (सिन्धुली) लाई शब्दयात्रा शिक्षक सम्मान, २०७६ बाट हार्दिकतापूर्वक सम्मानित गर्दै यो अभिवन्दनापत्र समर्पण गर्दछौं ।
निर्मलाकुमारी यगोल श्रेष्ठ गोविन्दबहादुर खड्का हरि मञ्जुश्री डा. वासुदेव त्रिपाठी
सम्मान व्यवस्थापक सदस्य ः चयन समिति अध्यक्ष ः शब्दयात्रा प्रकाशन प्रमुख अतिथि
दिनाङ्क ः मङ्गलबार, २१ जेठ २०७६

(५)
श्रीमती उर्मिला श्रेष्ठ ‘भोजपुरे’ द्वारा व्यवस्थापित
शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मान, २०७६
लामो समयसम्म नेपालको बैङ्किङ क्षेत्रमा प्रबन्धक बनी प्रशासनिक जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुका साथै विभिन्न साहित्यिक कृतिहरूको सिर्जना गरी साहित्यसेवीको समेत परिचय कायम गराएर अनुकरणीय महिला बन्न सफल हुनुभएकोमा श्रीमती नवीना श्रेष्ठ (ललितपुर) लाई शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मान, २०७६ बाट हार्दिकतापूर्वक सम्मानित गर्दै यो अभिवन्दनापत्र समर्पण गर्दछौं ।
उर्मिला श्रेष्ठ ‘भोजपुरे’ गोविन्दबहादुर खड्का हरि मञ्जुश्री डा. वासुदेव त्रिपाठी
सम्मान व्यवस्थापक संयोजक ः चयन समिति अध्यक्ष ः शब्दयात्रा प्रकाशन प्रमुख अतिथि
दिनाङ्क ः मङ्गलबार, २१ जेठ २०७६

(६)
श्री आनन्दराज श्रेष्ठद्वारा व्यवस्थापित
शब्दयात्रा हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मान, २०७६
नेपालका विभिन्न स्थानहरूमा धार्मिक यज्ञ, सत्सङ्ग शिविर, मन्दिर–निर्माण, आध्यात्मिक प्रवचन, नैतिक शिक्षाको प्रसार आदिका माध्यमबाट नेपाली समाजलाई आत्मिक र बौद्धिक रूपमा सचेत र जाग्रत बनाई सामाजिक जागरण गराउनुभएकोमा बाबा विश्वनाथ (सिन्धुपाल्चोक) लाई शब्दयात्रा हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मान, २०७६ बाट हार्दिकतापूर्वक सम्मानित गर्दै यो अभिवन्दनापत्र समर्पण गर्दछौं ।
आनन्दराज श्रेष्ठ रामप्रसाद तिमल्सिना हरि मञ्जुश्री डा. वासुदेव त्रिपाठी
सम्मान व्यवस्थापक सदस्य ः चयन समिति अध्यक्ष ः शब्दयात्रा प्रकाशन प्रमुख अतिथि
दिनाङ्क ः मङ्गलबार, २१ जेठ २०७६

(७)
श्री सुदर्शन थापामा प्रदत्त आभारपत्र
शब्दयात्रा प्रकाशनद्वारा बनेपामा स्थापना गरिएका पाँचजना शब्दसाधकहरू नेपालका प्रथम शिक्षासेवी षडानन्द अधिकारी, प्रथम लाकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटा, राष्ट्रिय पुरस्कारप्राप्त प्रथम वैज्ञानिक नरबहादुर भारती, प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी र गीत स्वराङ्कन गर्ने प्रथम गायिका मेलवादेवी गुरुङको सालिक कुशलतापूर्वक निर्माण गरिदिनुभएकोमा सालिक–कलाकार तपाई श्री सुदर्शन थापालाई यो आभारपत्र प्रदान गरिएको छ । भविष्यमा पनि तपाईबाट यस्तै सहयोगको अपेक्षा गरिएको छ ।
कृष्णमणि कुइँकेल हरि मञ्जुश्री भरत जङ्गम
निर्माण संयोजक अध्यक्ष विशेष अतिथि
शब्दयात्रा प्रकाशन शब्दयात्रा प्रकाशन भ्रष्टाचारविरोधी अभियन्ता
दिनाङ्क ः मङ्गलबार, २१ जेठ २०७६
सन्दर्भ ः सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोह

(८)
सुश्री रन्जिता उप्रेतीमा प्रदत्त
शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्तिको प्रमाणपत्र
एसईई उत्तीर्ण गरेर काभ्रे जिल्लाको कलेजमा पत्रकारिता विषय पढ्ने गरिब तथा जेहेन्दार काभ्रेली छात्रालाई शब्दयात्रा प्रकाशनमार्फत हरेक वर्ष प्रदान गर्ने गरी लेखक तथा पूर्वप्रशासक द्रोणप्रसाद श्रेष्ठले स्थापना गर्नुभएको रु. १०,०००।– राशीको ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति’ २०७६ सालका लागि काभ्रे बहुमुखी क्याम्पसमा कक्षा ११ मा पत्रकारिता विषय अध्ययनरत काभ्रे भुम्लुटारनिवासी तपाईं सुश्री रन्जिता उप्रेतीलाई प्रदान गरिएको छ । तपाईंबाट काभ्रे जिल्लाको पत्रकारिता क्षेत्रले लाभान्वित हुन पाउने अपेक्षा यस संस्थाले राखेको छ ।
द्रोणप्रसाद श्रेष्ठ हरि मञ्जुश्री भरत जङ्गम
आर्थिक व्यवस्थापक अध्यक्ष विशेष अतिथि
शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति शब्दयात्रा प्रकाशन भ्रष्टाचारविरोधी अभियन्ता
दिनाङ्क ः मङ्गलबार, २१ जेठ २०७६
सन्दर्भ ः सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोह