बनेपाको अग्रणी प्रकाशन संस्था ‘शब्दयात्रा प्रकाशन’ (जसले स्थापनाको आठ वर्षको अवधिमा विभिन्न विधाका १३६ वटा पुस्तक प्रकाशित गरेको छ, १३६ जना राष्ट्रिय व्यक्तित्वलाई सम्मान गरेको छ र पाँचजना अग्रज व्यक्तित्वको सालिक आफ्नै जग्गामा स्थापना गरेको छ) ले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रूपमा सरिक भइयो । ४५ वर्ष शिक्षणसेवा गर्नुभएका लेखक चूडाप्रसाद चौलागाईको लेखसङ्ग्रह ‘विषय र विवेचना’ लाई २०७६÷११÷१७ शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सार्वजनिक गरियो ।
मेरा प्रिय पुराना मित्र हरि मञ्जुश्रीले बनेपामा पुस्तक प्रकाशन, पुस्तकालय स्थापना, ऐतिहासिक लब्धप्रतिष्ठित व्यक्तित्वका सालिक स्थापना, मन्दिर निर्माण जस्ता विविध रचनात्मक गतिविधिद्वारा सबैको सहयोग, समर्थन र माया कमाउनुभएको छ ।
पुस्तक सार्वजनिक गरेपछि मैले व्यक्त गरेका विचारका केही बान्की यस्ता थिए —
विचारको घोडा मात्र होइन, शब्द ब्रह्म हो, शब्द नै शक्ति हो । यो शाश्वत सत्यलाई आदरणीय मित्र हरि मञ्जुश्रीले राम्रोसँग बुझ्नुभएको छ । त्यसैले आफ्ना प्रकाशनको नाममा ‘शब्द’ लाई विशेष मूल्य र महàव दिनुभएको छ । एउटा शब्दको गलत उपयोगले कति फरक पार्छ भन्ने कुरा उदाहरणबाट म भन्न चाहन्छु ।
अमेरिकी राजदूत स्कट एच. डेलिसीले तिब्बती शरणार्थीको पक्षमा ५ मङ्सिर २०६८ मा लेखेको लेख ‘कान्तिपुर’ ले छाप्दा ‘नेपाल सरकार र उसका नेपाली जनताले तिब्बती शरणार्थीहरूलाई ‘अमानवीय’ (हुनुपर्ने ‘अमापनीय’) सहयोग प्रदर्शन गरेका छन्’ भएर छापिएको र पछि सच्याएको मैले पाएको थिएँ ।
अर्को उदाहरण ः पाकिस्तानका सैनिक शासक जनरल जिया उल–हकले समकालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीलाई पठाएको जन्मदिनको शुभकामना सन्देशमा ‘सस्पिसियस’ (हुनुपर्ने ‘अस्पिसियस’) भएको थियो ।
दिमाग निचोरेर विचार निकाल्नु, त्यसलाई सुन्दर फूलझैँ पुस्तकमा माला जसरी उनेर सजाउनु, पाठककहाँ पु¥याउनु, र पाठकले रुचाउने पुस्तक प्रकाशित भएको जानकारी पाएर किन्ने उत्कट इच्छाको वातावरण सिर्जना गर्नु लरतरो काम होइन ।
कतिपय पुस्तक राम्रा भएर पनि बजार पाउँदैनन् । इतिहासमा आधारित डाइमन्ड शम्शेरको प्रसिद्ध उपन्यास ‘सेतो बाघ’ प्रकाशित भएको २५ वर्षसम्म त्यसले कुनै आशा–उत्साह नजगाएको कुरा उहाँले नै बताउनुभएको हो ।
ज्ञान र विज्ञानमा फरक छ । ज्ञानले भन्छ, रगत सबैको समान हो, सबैको रगत एउटै हो । तर विज्ञानले भन्छ, होइन । रगत सबैको समान हुनै सक्दैन । रगत विभिन्न ग्रुपमा हुन्छ । ए ग्रुपको रगत बि ग्रुपको रगत भएको मानिसमा दिइयो भने रगत पाउने मान्छे मर्छ ।
मानिस आज प्राकृतिक रुपमा आफ्नै मौलिक चिन्तनबाट जन्मेको बुद्धिमा भन्दा कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) मा बढ्तै आश्रित हुन थाल्यो । आफ्नै बुद्धिको प्राकृतिक मान्छे मर्दै गएको छ, कृत्रिम बौद्धिकताको गुलाम भएको प्राविधिक मानव बाँचेको छ । पुस्तकले मानिसको मौलिक चिन्तनलाई प्रबद्र्धन र परिमार्जित गर्छ ।
बीपी भन्नुहुन्थ्यो, ‘राजनीतिमा म समाजवादी हुँ, तर साहित्यमा अराजकतावादी हुँ । साहित्यमा सम्राट पनि नाङ्गो हुन्छ ।’ बीपीले भन्नुभएको साहित्य अराजकतावादी स्वच्छन्दतावादी वा निर्बन्ध हो । निवन्ध लेखन बन्धनमुक्त, उन्मुक्त हुनुपर्ने मान्यताले नै निर्बन्ध वा निबन्ध भएको हो ।
म माक्र्सवादी प्रभावका रचना पढ्ने गर्छु । कतिपय माक्र्सवादीसँग मेरो असल दोस्ती छ, कुरा पनि हुन्छ । उहाँहरूको समस्या म बुझ्छु । उहाँहरूका चिन्तनको उत्कृष्टताले उन्मुक्त विचारको फराकिलो सेरोफेरो खोज्छ, तर उहाँहरू त्यस्तो उन्मुक्तता अपनाउन थाल्नुभयो भने म माक्र्सवादी कहलाइन्न कि ! बुर्जुवा चिन्तन हावी भएको मानिएला कि ! यस्तो डरको मनोविज्ञान पनि छ त्यहाँ ।
लेख्न छोड्नु हुन्न । यो निरन्तर र अनन्त क्रिया हो ।