शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि विभिन्न लेखकहरूले पुस्तकहरू प्रदान गरिरहनुभएको छ । यसै क्रममा साहित्यकार सुशीला देउजाले पनि शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि आफूले लेखेका साहित्यिक कृतिहरू एक–एक थान उपहारस्वरूप प्रदान गर्नुभएको छ । यसरी नै पूर्वमन्त्री तथा लेखक दीनबन्धु अर्याल र साहित्यकार डा. बेन्जू शर्माले पनि शब्दयात्रा प्रकाशन पुस्तकालयलाई आफूले लेखेका केही पुस्तकहरू उपहारस्वरूप प्रदान गर्नुभएको छ । ती पुस्तकहरू शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले ग्रहण गर्नुभएको थियो । शब्दयात्रा प्रकाशनको वाङ्मयिक अभियानलाई साथ दिन पुस्तकहरू उपहार प्रदान गर्नुभएकोमा शब्दयात्रा प्रकाशन परिवार उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्दछ ।