Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२७५. मञ्जुश्रीयात्रा

आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलले लेख्नुभएको ‘मञ्जुश्रीयात्रा’ नामक प्रस्तुत लघुकाव्य यस संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षण समितिका अध्यक्ष हरि मञ्जुश्रीलाई केन्द्रीय विषयवस्तु बनाई लेखिएको छ...
HomeActivitiesशब्दयात्रा प्रकाशनले बनायो शारदा मन्दिर र पुस्तकालय

शब्दयात्रा प्रकाशनले बनायो शारदा मन्दिर र पुस्तकालय

शब्दयात्रा प्रकाशनले निर्माण गरेको सरस्वतीको मन्दिरलाई विधिवत प्राणप्रतिष्ठा गरी अनावरण गरिएको छ । यसै गरी शब्दयात्रा प्रकाशनले स्थापना गरेको पुस्तकालयको पनि समुद्घाटन गरिएको छ । सरस्वतीको मन्दिरलाई ‘शब्दयात्रा शारदा मन्दिर’ र पुस्तकालयलाई ‘शब्दयात्रा प्रकाशन पुस्तकालय’ नाम दिइएको छ ।
गत २०७५ माघ २७ गते आइतबार श्रीपञ्चमीको पावन अवसरमा वीरशैवभास्कर भरतमणि जङ्गम शिवाचार्यबाट मन्दिरको अनावरण गरिएको थियो भने समाजसेवी तथा साहित्यकार सावित्री जङ्गम थापाबाट पुस्तकालयको समुद्घाटन गरिएको थियो ।
त्यसै अवसरमा शब्दयात्रा प्रकाशनद्वारा निर्माण गर्न लागिएको अनुसन्धान केन्द्र भवनको जग्गादाता कृष्णमणि कुइँकेलले शिलान्यास गर्नुभयो । यससम्बन्धी आध्यात्मिक कार्य ज्यो. पं. रमेश अधिकारीबाट भएको थियो ।
शब्दयात्रा प्रकाशनद्वारा आयोजित औपचारिक कार्यक्रम संस्थाका अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्व र महाप्रबन्धक शारदाप्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा साहित्यकारद्वय शङ्कर भारती र नवीना श्रेष्ठ, आध्यात्मिक लेखक मुकुन्दप्रसाद उपाध्याय र भवनको एक तला निर्माण गरिदिने दाता किताबसिंह लामाले विशेष आतिथ्य ग्रहण गर्नुभएको थियो भने सदस्य हरिगोपाल प्रधानले स्वागत भाषण गर्नुभएको थियो ।
शब्दयात्रा प्रकाशनका सदस्य सकुल थापा र सुमन खड्का, ‘नेपालभूमि’ राष्ट्रिय साप्ताहिकका सम्पादक इ. रोशन मञ्जुश्री अधिकारी, कार्यकारी सम्पादक चूडाप्रसाद चौलागाईं, समाजसेवी चन्द्रबहादुर खड्का र छविलाल कुइँकेल, शिक्षासेवी रामप्रसाद अधिकारी तथा लेखकहरू ओतबहादुर खड्का, दामोदर घिमिरे, हरिप्रसाद चौलागाईं, प्रकाशबहादुर कायस्थ, गीता अधिकारी र सहदीप पलान्चोके, पत्रकार शिव बन्जारा तथा इ. जुनु त्वायना, साधुराम गिरी, दण्डपाणि अधिकारी, तीर्थराज अधिकारी, गोविन्द हुमागाईं, शकुन्तला बन्जारा, ज्योति जङ्गम, जानकी भारती, रीक्षा घिमिरे आदिको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा जानकी भारतीले १० हजार रुपियाँ र प्रकाशबहादुर कायस्थले ५ हजार १ सय रुपियाँ शब्दयात्रा प्रकाशनका लागि कृष्णमणि कुइँकेललाई हस्तान्तरण गर्नुभएको थियो ।