शब्दयात्रा प्रकाशनले ‘भोजप्रबन्ध’ नामक कृति प्रकाशन गर्न लागेको छ । नेपाल र भारतमा प्रसिद्ध रहेको कृति ‘भोजप्रबन्ध’ लाई गद्य र पद्य मिश्रित चम्पु विधामा नेपाली भाषामा श्रीधर प्याकुरेलले अनुवाद गर्नुभएको हो ।
राजा भोज र महाकवि कालिदासका अनेक रोचक प्रसङ्गहरू रहेको ‘भोजप्रबन्ध’ मूल संस्कृत भाषामा लेखिएको छ । यसको अनुवाद हिन्दी र अङ्ग्रेजीलगायत विभिन्न भाषाहरूमा भइसकेको छ ।
यो कृति शब्दयात्रा प्रकाशनको १२० औँ प्रकाशनपुष्प हुनेछ ।