Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२७५. मञ्जुश्रीयात्रा

आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलले लेख्नुभएको ‘मञ्जुश्रीयात्रा’ नामक प्रस्तुत लघुकाव्य यस संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षण समितिका अध्यक्ष हरि मञ्जुश्रीलाई केन्द्रीय विषयवस्तु बनाई लेखिएको छ...
HomeActivitiesशब्दयात्रा प्रकाशनबाट प्रेषित समवेदनापत्र

शब्दयात्रा प्रकाशनबाट प्रेषित समवेदनापत्र

दिनाङ्क ः २०७४।११।२३

श्री बेलप्रसाद श्रेष्ठज्यू
धुलिखेल, काभ्रेपलाञ्चोक ।

विषय : हार्दिक समवेदना ।

महोदय,

तपाईंका पूजनीय पिता समाजसेवी मोहनप्रसाद माकजू श्रेष्ठको देहावसान भएको समाचार सुनेर शब्दयात्रा प्रकाशन परिवार अत्यन्तै दुःखित र व्यथित बनेको छ ।
शब्दयात्रा प्रकाशनद्वारा होटल हिमालयन होराइजनमा आयोजना गरिएका विभिन्न कार्यक्रमहरूमा उहाँको गरिमामय उपस्थिति यस संस्थाका सदस्यहरूका लागि प्रेरणादायी हुने गरेको कुरा पनि हाम्रो स्मरणमा छँदैछ ।
समाजको वृहत्तर हितका लागि आफ्नो सानो स्वार्थ त्याग गर्नुपर्छ भन्ने विचारले त्यसैअनुरूपको व्यवहार गरेर उहाँ धुलिखेलको समुदायमा आदरणीय बन्नुभएको कुरा यस संस्थाले थाहा पाएको छ ।
उहाँको निधन परिवारको दुःखको विषय मात्र नभई धुलिखेलवासीको संस्कार, संस्कृति, परम्परा, सामाजिकता, इतिहास र लोकजीवनसँग सम्बन्धित विभिन्न पक्षहरूका विषयमा पछिल्लो पुस्तालाई जानकारी दिन सक्ने आधिकारिक व्यक्तिको अभाव हुनु पनि हो ।
उहाँको दुःखद अवसानको यस अवसरमा तपाईं र तपाईंको परिवारमा पर्न गएको आघात हामी अनुभूत गर्न सक्तछौँ । तर विधिको विधानअनुसार हरेक जीवात्माले चोला फेर्नैपर्ने भएको हुँदा दुःखलाई सहज रूपमा स्वीकार्नुपर्ने हाम्रो बाध्यता छ ।
यो संस्था दिवङ्गत आत्माले सधैँ शान्ति पाइरहोस् भन्ने कामना गर्दै शोकविह्वल बन्नुभएका तपाईं र तपाईंका समस्त परिवारजनप्रति हार्दिक समवेदना र सहवेदना व्यक्त गर्दछ ।

हरि मञ्जुश्री
अध्यक्ष