शब्दयात्रा प्रकाशनको भवनको उद्घाटन हिजो साउन २४ गते मङ्गलबार गरियो । काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापा र संस्थापक उपकुलपति प्रा. डा सुरेशराज शर्माले संयुक्त रूपमा भवनको उद्घाटन गर्नुभयो । शब्दयात्रा प्रकाशनको झण्डाको समाजसेवी बेलप्रसाद श्रेष्ठले, भवन हस्तान्तरण गरिँदाको शिलालेखको प्रा. डा. भोला थापा र सावित्री जङ्गम थापाले संयुक्त रूपमा अनावरण अर्नुभयो । यसै गरी ‘सावित्री जङ्गम थापा अध्ययन–अनुसन्धान कक्ष’ को पूर्वमन्त्री अष्टलक्ष्मी शाक्य र दाता सावित्री जङ्गम थापाले तथा ‘शब्दयात्रा शारदा थापा सभाकक्ष’ को पूर्वमन्त्री शान्ता मानवी र दाता सकुल थापाले संयुक्त रूपमा उद्घाटन गर्नुभयो । तत्पश्चात् ‘सावित्री जङ्गम थापा अध्ययन–अनुसन्धान कक्ष’ को साँचो सावित्री जङ्गम थापाले र ‘शब्दयात्रा शारदा थापा सभाकक्ष’ को साँचो दाता सकुल थापाले शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीलाई हस्तान्तरण गनुर््भयो । कार्यक्रममा ‘सावित्री जङ्गम थापाको जीवनी र व्यक्तित्व’ पुस्तक प्रा. डा. भोला थापा र प्रा. डा सुरेशराज शर्माले संयुक्त रूपमा सार्वजनिक गर्नुभयो । त्यसपछि भवन निर्माणमा सहयोग गर्नेहरू कृष्णमणि कुइकेल, सकुल थापा, हरिगोपाल प्रधान, शारदाप्रसाद शर्मा, नवीना श्रेष्ठ, निर्मला श्रेष्ठ, शिव बन्जारा, सङ्गीता थापा र कृष्णप्रसाद सापकोटालाई कदरपत्र प्रदान गरियो । कदरपत्र आर्किटेक इन्जिनियर तथा राजनीतिकर्मी हिसिला यमी, राष्ट्रिय योजना आयोगका सदस्य सलोनी सिंह, राष्ट्रिय मानव–अधिकार आयोगका सदस्य लिली थापा, साहित्यकार हिरण्यकुमारी पाठक, साहित्यकार रामप्रसाद पन्त र साहित्यकार रवीन्द्र आशीष शैलीले प्रदान गर्नुभयो । हरि मञ्जुश्रीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रम भ्रष्टविरोधी शास्त्रका प्रवर्तक भरत जङ्गमले समापन गर्नुभयो । प्रजापति तिमिल्सिनाले स्वस्तिवाचन र शिव बन्जाराले उद्घोषण गर्नुभएको उक्त कार्यक्रममा रुद्राक्षको माला अमृत अधिकारीले लगाइदिनुभयो भने प्रकृति प्याकुरेल र पद्मसागर कक्षपतिले छायाङ्कन गर्नुभयो । उपस्थित महानुभावहरूलाई हरि मञ्जुश्रीद्वारा लिखित ‘फोरिएको पर्खाल’ कथासङ्ग्रह सफ्टवेयर इन्जिनियर रोशन मञ्जुश्री अधिकारी र केदारनाथ तिमल्सिनाले प्रदान गर्नुभयो ।