Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesशब्दयात्राले वृत्तचित्र देखाउने

शब्दयात्राले वृत्तचित्र देखाउने

काभ्रे जिल्लाका अग्रज समाजसेवी तथा राजनीतिकर्मी गणेशदास उलकका विषयमा शब्दयात्रा प्रकाशनको रेडियो कार्यक्रम ‘शब्दसञ्चार’ का सञ्चालक शिव बन्जाराको सम्पादनमा शब्दयात्रा प्रकाशनले प्रकाशन गरेको ‘गणेशदास’ नामक पुस्तकलाई आगामी साउन ५ गते बुधबार सार्वजनिक गरिने भएको छ ।
गणेशदास उलकको ७७ औँ जन्मदिवसको अवसर पारी आयोजना गरिने उक्त कार्यक्रममा गणेशदास उलकलाई सम्मान गरिने र ‘जीवनको भोगाइमा गणेशदास उलक’ नामक वृत्तचित्रको प्रदर्शन पनि गरिने भएको छ ।
तसर्थ आगामी साउन ५ गते बुधबार दिउँसो ३ बजे बनेपा नगरपालिकाको सभाकक्षमा उपस्थित हुन शब्दयात्रा प्रकाशनले आफ्ना सम्पूर्ण मित्रहरूमा अनुरोध गरेको छ ।