शब्दयात्रा प्रकाशनले शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठानको संरचना निर्माण गर्ने क्रममा शिक्षा, सङ्गीत, पत्रकारिता, साहित्य र विज्ञान विधाका शीर्षस्थ नेपाली पाँच व्यक्तित्वका सालिक बनेपामा एकै ठाउँमा स्थापना गर्दैछ भन्ने समाचार सुनेपछि विराटनगरका लेखक भक्ति दाहाल ‘विस्फोट’ ले निर्माणस्थल रहेको नीलकण्ठेश्वर परिसरको सपरिवार अवलोकन भ्रमण गर्नुभएको छ ।
उहाँलाई शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले प्रतिष्ठानको परियोजनासम्बन्धी जानकारी गराउनुभएको थियो भने महाप्रबन्धक शारदाप्रसाद शर्माले कार्यालय कक्षमा हार्दिक स्वागत गर्नुभएको थियो ।
श्री दाहालले एउटा कवितासङ्ग्रह र एउटा काव्यात्मक भाषाविज्ञान लेखी प्रकाशित गराइसक्नुभएको छ भने हाल वृहत् आकारको नेपाली शब्दकोशको निर्माण गर्दै हुनुहुन्छ ।