Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

कुमारी लिम्बूलाई सम्मान गरिने —

दृष्टिविहीन भजनगायिका कुमारी योङहाङ लिम्बू (पाँचथर) लाई शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा मैया खड्का सारस्वत सम्मान, २०८३’ समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनका आजीवन सदस्य...
HomeActivitiesशब्दयात्रामा कवि–कलाकारलाई स्वागत

शब्दयात्रामा कवि–कलाकारलाई स्वागत

शब्दयात्रा प्रकाशनको बनेपा नीलकण्ठेश्वर परिसरको अवलोकनार्थ काठमाडौँबाट आउनुभएका कवि–कलाकारहरूलाई संस्थाका अध्यक्ष हरि मञ्जुश्रीले संस्थाको कार्यालयमा हार्दिक स्वागत गर्नुभयो । उहाँले आगन्तुकहरूलाई शब्दयात्रा प्रकाशनको उद्देश्यबारे जानकारी गराउनुभएको थियो ।
अवलोकनार्थ आउनेहरूमा चलचित्र नायक रवीन्द्र खड्का तथा साहित्यकारहरू गोङ्गबू साहित्य समाजका अध्यक्ष द्वारिका कुइँकेल, उपाध्यक्ष सीता केसी, महासचिव तारा केसी, शैली साहित्य समाजका अध्यक्ष मञ्जुश्री प्रधान आदि हुनुहुन्थ्यो ।
उहाँहरूलाई सञ्चालक सदस्य कृष्णमणि कुइँकेलले रुद्राक्षको माला र पुस्तक उपहार प्रदान गरेर बिदाइ गर्नुर्भको थियो ।