शब्दयात्रा प्रकाशनले ‘कर्मयोद्धासँग शब्दसंवाद’ को तेस्रो वर्षको कार्यक्रमअन्तर्गत गत २०७६ असार २० गते शुक्रबार कवितागोष्ठीको आयोजना ग¥यो । शब्दयात्रा प्रकाशनको सभाकक्षमा शब्दयात्रा नारी स्रष्टा समाजका संयोजक पुण्यवती घलेको उद्घोषणमा सञ्चालित उक्त कार्यक्रममा शिक्षासेवी शङ्करप्रसाद काफ्ले सभापति र साहित्यकार पशुपतिमान पःमाँ प्रमुख अतिथि हुनुहुन्थ्यो ।
कवितागोष्ठीमा कवि–कवयित्री डा. इन्दुल केसी, पं. रमेश अधिकारी, चूडाप्रसाद चौलागाईं, केदारनाथ तिमल्सिना, ओतबहादुर खड्का, पुण्यवती घले, प्रकाश उज्ज्वल बनेपा, सहदीप पलान्चोके, पदम दाहाल, दण्डपाणि अधिकारी, रीक्षा घिमिरे र शारदाप्रसाद शर्माले कविता वाचन गर्नुभएको थियो । संस्थाका अध्यक्ष हरि मञ्जुश्रीले कविताको छन्द र लयका विषयमा मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा अग्रज लोकगायक मच्छेश्वर सापकोटा र पुरुषोत्तम हुमागाईंले गीत प्रस्तुत गर्नुभएको थियो । मच्छेश्वर सापकोटाको गीतले कार्यक्रमलाई नृत्यमय बनाएको थियो । कार्यक्रममा सङ्गीता केसी, श्री शर्मा मूर्ख, छविलाल कुइँकेल, नानुदेवी कुइँकेल, हरिराम सापकोटा आदिको पनि उपस्थिति थियो ।