शब्दयात्रा प्रकाशन सञ्चालक समितिको गत २०७६ असार २२ गते आइतबार बसेको बैठकले ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ को सम्पादकमा रश्मि हुमागाईंलाई नियुक्त गरेको छ ।
शब्दयात्रा प्रकाशनले २०७६ साल असार ३ गते ‘नेपालभूमि’ मा सूचना प्रकाशित गरी सम्पादकका लागि आवेदन माग गरेको थियो । त्यसैका आधारमा रश्मि हुमागाईंलाई सम्पादक नियुक्त गरिएको हो ।
रश्मि हुमागाईंले ‘अक्षरधाम’ नामक साहित्यिक पत्रिकाको सम्पादन–प्रकाशन र ‘बालआवाज’ नामक बालपत्रिकाको सम्पादन पनि गरिसक्नुभएको छ । उहाँका तीनवटा कवितासङ्ग्रह प्रकाशित छन् । उहाँले एनाटोमी विषयमा स्नातकोत्तर गर्नुभएको छ ।
‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ पत्रिकाको सम्पादक नियुक्त हुनुभएकोमा उहाँलाई हार्दिक बधाई छ । शब्दयात्रा प्रकाशनले उहाँको अनुभवबाट ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ अझै स्तरीय, बौद्धिक र व्यापक हुने अपेक्षा गरेको छ ।
यसअघि समयाभावको कारण देखाई रोशन मञ्जुश्री अधिकारीले सम्पादक पदबाट राजिनामा दिनुभएको थियो ।