Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

काभ्रेपलाञ्चोक उद्यमशीलता पुरस्कार नेपालसुधार भैललाई —

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा सारथि काभ्रेपलाञ्चोक उद्यमशीलता पुरस्कार’ उद्यमी नेपालसुधार भैल (काभेपलाञ्चोक) मा समर्पण गर्ने भएको छ । यस पुरस्कारको कोष व्यवस्थापन होटल...
HomeActivitiesशब्दयात्राबाट ‘हाम्रो बालक्लब’

शब्दयात्राबाट ‘हाम्रो बालक्लब’

बालसाहित्यकार भवानी पाण्डेद्वारा लिखित तेस्रो बालसाहित्यिक कृति ‘हाम्रो बालक्लब’ नामक बालनाटक शब्दयात्रा प्रकाशनको ८७ औँ प्रकाशनपुष्पका रूपमा प्रकाशित भई आगामी भदौ महिनामा आयोजना गरिने सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहमा सार्वजनिक हुने भएको छ ।
शब्दयात्रा नारी स्रष्टा समाजमा सक्रिय रही साहित्यिक सिर्जनालाई गतिमान् बनाइरहेकी भवानी पाण्डेको यसअघिको बालसाहित्यिक कृति ‘प्रकृति नै गुरु’ २०७१ साल भदौमा शब्दयात्रा प्रकाशनबाट प्रकाशन गरिएको थियो ।