शब्दयात्रा प्रकाशनले संस्कृत साहित्यका अमर काव्यकार भर्तृहरिको बहुचर्चित काव्यकृति ‘भर्तृहरि शतक’ को नेपाली भाषामा भावानुवाद गरिएको काव्य प्रकाशित गर्ने भएको छ । ‘भर्तृहरि शतक’ को नेपाली भाषामा काव्यिक भावानुवाद महाकाव्यकार श्रीधर प्याकु¥यालले गर्नुभएको हो । उक्त काव्यलाई २०७४ साल फागुनमा आयोजना गरिने कार्यक्रममा सार्वजनिक गरिने भएको छ ।
‘भर्तृहरि शतक’ समेत शब्दयात्रा प्रकाशनबाट २०७४ सालमा श्रीधर प्याकु¥यालका प्रकाशित काव्यकृति चारवटा पुग्ने भएका छन् । यसअघि २०७४ जेठमा सत्यनारायण व्रतकथा (काव्यिक भावानुवाद), भदौमा ‘मञ्जुश्री’ (ज्योतिषकाव्य) र मङ्सिरमा ‘शैक्षिक शिरोभूषण’ (लघुकाव्य) प्रकाशित भई सार्वजनिक भइसकेका छन् ।