Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२७५. मञ्जुश्रीयात्रा

आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलले लेख्नुभएको ‘मञ्जुश्रीयात्रा’ नामक प्रस्तुत लघुकाव्य यस संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षण समितिका अध्यक्ष हरि मञ्जुश्रीलाई केन्द्रीय विषयवस्तु बनाई लेखिएको छ...
HomeActivitiesशब्दयात्राबाट पुरस्कार वितरण

शब्दयात्राबाट पुरस्कार वितरण

शब्दयात्रा प्रकाशनले काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका क्षेत्रमा अवस्थित श्रीखण्डपुर माध्यमिक विद्यालयमा आयोजना गरेको ‘मैले देख्न चाहेको नेपाल’ विषयक निबन्ध प्रतियोगितामा उच्च स्थान ल्याएका ७ जना विद्यार्थीहरूलाई पुरस्कार प्रदान गर्नुका साथै सहभागी अन्य ३७ जना विद्यार्थीहरूलाई उपहार प्रदान गरेको छ ।
श्रीखण्डपुर माध्यमिक विद्यालयमा गत २०७५ भदौ २२ गते शुक्रबार आयोजना गरिएको विशेष कार्यक्रममा प्रमुख अतिथिका रूपबाट शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले पुरस्कृत ७ जना विद्यार्थीहरूलाई पुरस्कार प्रदान गर्नुभयो भने विद्यालयको पुस्तकालयलाई शब्दयात्रा प्रकाशनका तर्फबाट उपहारस्वरूप प्रदान गरिएका पुस्तकहरू कार्यक्रमको सभापतित्व गर्नुभएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अशोकचन्द्र धुँजू श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो । उहाँले विद्यार्थीहरूमा कल्पनाशीलता बढाउन यस्तो कार्यक्रम आयोजना गरिएको बताउँदै पुरस्कृत निबन्धहरू ‘नेपालभूमि साप्ताहिक’ मा प्रकाशन गरिने जानकारी दिनुभयो ।
विशेष अतिथिका रूपबाट ‘नेपालभूमि साप्ताहिक’ का कार्यकारी सम्पादक चूडाप्रसाद चौलागाईंले प्राप्त भएका ४४ वटा निबन्धहरूमध्ये उत्कृष्ट ७ वटा निबन्ध छान्दाका आधारहरूका बारेमा चर्चा गरी पुरस्कृत भएबाहेकका सहभागी अन्य ३७ जना विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप शब्दयात्रा प्रकाशनका तर्फबाट उपहार प्रदान गर्नुभएको थियो ।
कार्यक्रमका संयोजक शिव बन्जाराबाट सञ्चालन गरिएको उक्त कार्यक्रममा प्रधानाध्यापक जयराम श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा शिक्षक, विद्यार्थी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।