एसईई परीक्षा उत्तीर्ण गरी पत्रकारिता विषय पढ्ने गरिब तथा जेहेन्दार एकजना छात्रालाई शब्दयात्रा प्रकाशनमार्फत हरेक वर्ष छात्रवृत्ति प्रदान गर्ने गरी लेखक द्रोणप्रसाद श्रेष्ठले एक लाख रुपियाँको अक्षयकोष स्थापना गरिदिने हुनुभएको छ । छात्रवृत्ति काभ्रे जिल्लाका छात्रालाई २०७६ सालदेखि प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।
लेखक द्रोणप्रसाद श्रेष्ठले आफ्नी दिवङ्गत अर्धाङ्गिनी श्रीमती मनका श्रेष्ठ जीवितै हुँदा उहाँले चाहना गरेअनुसार ‘शब्दयात्रा मनका श्रेष्ठ पत्रकारिता छात्रवृत्ति’ का लागि अक्षयकोष राख्ने निर्णय गर्नुभएको हो ।
श्रीमती मनका श्रेष्ठको स्मृतिलाई जीवन्त राख्न द्रोणप्रसाद श्रेष्ठले यसअघि ‘शब्दयात्रा मनका श्रेष्ठ महिला प्रतिभा सम्मान’ का लागि अक्षयकोषको व्यवस्था गरिसक्नुभएको छ र उक्त सम्मानबाट चलचित्र अभिनेत्री लक्ष्मी गिरी र गायिका नुपूर भट्टाचार्य सम्मानित भइसक्नुभएको छ ।