Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesशब्दयात्राबाट ‘डा. सुरेशराज शर्मा’ आउने

शब्दयात्राबाट ‘डा. सुरेशराज शर्मा’ आउने

शब्दयात्रा प्रकाशनले ‘डा. सुरेशराज शर्मा’ नामक लघुकाव्य प्रकाशन गर्ने भएको छ । लघुकाव्य श्रीधर प्याकु¥यालले लेख्नुभएको हो । उक्त काव्यको केही अंश ‘नेपालभूमि साप्ताहिक’ मा धारावाहिक रूपमा दुई वर्षअगाडि प्रकाशित भएको थियो ।
हरि मञ्जुश्रीद्वारा लिखित तथा २०६६ सालमा प्रकाशित ‘शैक्षिक शिरोभूषण डा. सुरेशराज शर्मा’ नामक पुस्तिकालाई आधार बनाएर लेखिएको यो लघुकाव्यको प्रकाशनका लागि लाग्ने खर्च डा. भास्कर हुमागाईं र ‘अक्षरधाम’ (साहित्यिक पत्रिका) का सम्पादक–प्रकाशक रश्मि मञ्जुश्री अधिकारीले शब्दयात्रा प्रकाशनलाई उपलब्ध गराउनुभएको छ ।
उक्त लघुकाव्य आगामी भदौ महिनाको दोस्रो साता बनेपामा आयोजना गरिने कार्यक्रममा सार्वजनिक गर्ने निधो गरिएको छ ।