शब्दयात्रा प्रकाशनले गत साता जेठ २१ गते मङ्गलबार सम्मान समर्पण, पुस्तक सार्वजनिकीकरण, छात्रवृत्ति वितरण तथा वृत्तचित्र प्रदर्शन कार्यक्रमको आयोजना ग¥यो । उक्त कार्यक्रम नवौँ वर्षप्रवेशको अवसर पारी २०७६ सालका लागि पहिलोपटक आयोजना गरिएको थियो । प्रमुख अतिथिका रूपमा वरिष्ठ समालोचक प्रा. डा. वासुदेव त्रिपाठी र विशेष अतिथिका रूपमा भ्रष्टविरोधी शास्त्रका प्रणेता तथा अग्रज आख्यानकार भरत जङ्गम रहनुभएको उक्त कार्यक्रममा युवा समाजसेवी तथा व्यवसायी बुद्धरत्न मानन्धर सभापति हुनुहुन्थ्यो ।
कार्यक्रममा अन्वेषक, चिन्तक तथा लेखक प्रा. डा. सुरेन्द्र केसीलाई शब्दयात्रा राष्ट्रझङ्कार सम्मानबाट, लेखक तथा प्राध्यापक लालानाथ सुवेदीलाई शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मानबाट, ‘अक्षरहरूको बिस्कुन’ कृतिका लागि कृतिकार डा. हेमराज काफ्लेलाई शब्दयात्रा सिर्जना सम्मानबाट, पूर्वप्रशासक तथा साहित्यकार नवीना श्रेष्ठलाई शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मानबाट, साधक बाबा विश्वनाथलाई शब्दयात्रा हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मानबाट र शिक्षासेवी तथा पत्रकार हरिविनोद अधिकारीलाई शब्दयात्रा शिक्षक सम्मानबाट सम्मानित गरियो । हरिविनोद अधिकारी नर्वे जानुभएकाले उहाँको सम्मान उहाँका तर्फबाट उहाँका छोरा सिद्धिविनोद अधिकारीले ग्रहण गर्नुभएको थियो ।
सम्मान समर्पण गर्ने क्रममा रकम सम्मान व्यवस्थापकले, उपहार चयन समितिका सदस्य रामप्रसाद तिमल्सिनाले, रुद्राक्षको माला सभापति बुद्धरत्न मानन्धरले, किरीट विशेष अतिथि भरत जङ्गमले र अभिवन्दनापत्र प्रमुख अतिथि प्रा. डा. वासुदेव त्रिपाठीले समर्पण गर्नुभएको थियो । सम्मानित व्यक्तित्वहरूले आशीर्वचनका रूपमा शब्दयात्रा प्रकाशनलाई विभिन्न सुझावहरू दिनुभएको थियो भने सम्मानित व्यक्तित्वहरूको चयनसम्बन्धी जानकारी चयन समितिका सदस्य रामप्रसाद तिमल्सिनाले गराउनुभएको थियो ।
कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष शारदाप्रसाद शर्माको प्रबन्धनमा एकैसाथ सातवटा पुस्तकलाई सार्वजनिक गरिएको थियो । त्यस बखत हरि मञ्जुश्रीद्वारा सम्पादित ‘डा. इन्दुल केसीको चौथो आयाम’ प्रा. डा. सुरेन्द्र केसीबाट, सहदीप पलान्चोकेद्वारा सङ्कलित ‘श्रीस्वस्थानी व्रतकथा’ प्रा. डा. वासुदेव त्रिपाठीबाट, पदम दाहालद्वारा लिखित ‘बादलका तरेलीहरू’ कवितासङ्ग्रह भरत जङ्गमबाट, साधुराम गिरीद्वारा लिखित ‘मान्छे, प्रकृति र भेगन’ बिरौँलासङ्ग्रह प्रा. लालानाथ सुवेदीबाट, गीता मञ्जुश्री र दामोदर घिमिरेको संयुक्त लेखन रहेको ‘बत्तीस कर्मयोद्धा’ लेखसङ्ग्रह बाबा विश्वनाथबाट, श्रीधर प्याकुरेलद्वारा अनूदित ‘भोजप्रबन्ध’ नवीना श्रेष्ठबाट र गीता मञ्जुश्रीद्वारा लिखित ‘शब्द र चित्रमा द्रोणप्रसाद श्रेष्ठ’ डा. हेमराज काफ्लेबाट सार्वजनिक गरिएका थिए । सार्वजनिक गरिएका कृतिहरूको परिचयात्मक विवरण कृष्णमणि कुइँकेलले प्रस्तुत गर्नुभएको थियो भने कृतिकारका तर्फबाट साधुराम गिरीले मन्तव्य व्यक्त गर्दै शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता लिने जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा शब्दयात्रा प्रकाशनले बनेपामा स्थापना गरेका पाँचजना शब्दसाधकहरूको सालिक बनाइदिने मूर्तिकार सुदर्शन थापालाई कदरपत्र र छात्रा रन्जिता उप्रेतीलाई शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति प्रदान गरिएको थियो । त्यस क्रममा रुद्राक्षको माला भरत जङ्गमबाट, कदरपत्र प्रा. डा. वासुदेव त्रिपाठीबाट र छात्रवृत्तिको रकम द्रोणप्रसाद श्रेष्ठबाट प्रदान गरिएको थियो । त्यसपछि द्रोणप्रसाद श्रेष्ठले छात्रवृत्ति कोषमा राख्न शब्दयात्रा प्रकाशनका लागि कृष्णमणि कुइँकेललाई १ लाख रुपियाँ हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा शिव बन्जाराद्वारा निर्देशित तथा रोशन मञ्जुश्री अधिकारीद्वारा सम्पादित ‘शब्दसौगात’ नामक वृत्तचित्र प्रदर्शन गरिएको थियो । कार्यक्रमको सञ्चालन शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले गर्नुभएको थियो ।
कार्यक्रममा अग्रज सङ्गीतकार, गायक, गीतकार तथा साहित्यकार हिरण्य भोजपुरे, शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मानका आर्थिक व्यवस्थापक उर्मिला श्रेष्ठ भोजपुरे, शब्दयात्रा राष्ट्रझङ्कार सम्मानका आर्थिक व्यवस्थापक कृष्णहरि मैनाली, शब्दयात्रा सिर्जना सम्मानका आर्थिक व्यवस्थापक कल्याण लम्साल, शब्दयात्रा हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मानका आर्थिक व्यवस्थापक आनन्दराज श्रेष्ठ, शब्दयात्रा शिक्षक सम्मानका आर्थिक व्यवस्थापक निर्मलाकुमारी यगोल श्रेष्ठ, ‘डा. इन्दुल केसीको चौथो आयाम’ कृतिका नायक डा. इन्दुल केसी, बालसाहित्यकार गोपाल पराजुली, समाजसेवी चन्द्रबहादुर खड्का आदिको पनि उपस्थिति रहेको थियो ।
शब्दयात्रा प्रकाशन सञ्चालक समितिका सदस्य हरिगोपाल प्रधानले स्वागत मन्तव्य व्यक्त गर्नुभएको, मधु पराजुलीले कविता र पुरुषोत्तम रिजालले गजल वाचन गर्नुभएको उक्त कार्यक्रममा मच्छेश्वर सापकोटा र सरस्वती सापकोटाले असारे गीत गाउनुभएको थियो भने गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समितिका वटुकहरूले स्वस्तिवाचन गरेपछि वटुकहरूलाई टीका लगाइदिएर दक्षिणा प्रदान गरिएको थियो ।
कार्यक्रममा शब्दयात्रा नारी स्रष्टा समाजका संयोजक पुण्यवती घले, शब्दयात्रा लेखक समाजका संयोजक ओतबहादुर खड्का, चूडाप्रसाद चौलागाईं, शकुन्तला बन्जारा, रीक्षा घिमिरे, ज्यो. पं. रमेश अधिकारी आदि सहयोगी भूमिकामा रहनुभएको थियो ।
प्रथम सामुदायिक विद्यालयका प्रथम प्राचार्य कवि नन्दिकेश्वर अधिकारी र काभ्रे जिल्लाका अग्रज समाजसेवी हंसराज श्रेष्ठको तस्बिर राखिएको उक्त कार्यक्रममा बुद्धरत्न मानन्धरले शब्दयात्रा स्तम्भ निर्माण गरिदिने वचनबद्धता व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको समीक्षा गर्दै विशेष अतिथि भरत जङ्गमले सभाविसर्जन गर्नुभएको थियो ।