शब्दयात्रा प्रकाशनद्वारा निर्मित वृत्तचित्रको प्रथम प्रदर्शन गत वैशाख २८ गते शुक्रबार गरिएको छ । ‘शब्दसौगात’ नाम दिइएको वृत्तचित्र ‘शब्दसञ्चार’ का प्रस्तोता शिव बन्जाराको निर्देशन, शब्दयात्रा प्रकाशनका सूचना–प्रविधि अधिकृत रोशन मञ्जुश्री अधिकारीको सम्पादन र छायाकार निरञ्जुल कायस्थको छायाङ्कनमा निर्माण गरिएको हो ।
‘शब्दसौगात’ को प्रथम प्रदर्शन शब्दयात्रा प्रकाशनको सभाकक्षमा गरिएको थियो । वृत्तचित्र १ घन्टाको छ । यसमा शब्दयात्रा प्रकाशनको साढे ६ वर्षसम्मका गतिविधिहरू समेटिएको छ ।