Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

विवश पोखरेल र सन्ध्या पहाडीलाई ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गरिने

शब्दयात्रा प्रकाशनले अक्षरसेवी विवश पोखरेल (मोरङ) र अक्षरसेवी सन्ध्या पहाडी (कपिलवस्तु) लाई २०८३ सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गर्ने भएको छ ।...
HomeActivitiesवर्षमा तीनपटक सम्मान कार्यक्रम राखिने

वर्षमा तीनपटक सम्मान कार्यक्रम राखिने

शब्दयात्रा प्रकाशनले २०७५ सालदेखि वर्षमा तीनपटक सम्मान कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ । संस्थाबाट हरेक वर्ष समर्पण गरिने सम्मानहरूको सङ्ख्या १८ भएकाले जेठ, असोज र माघ महिनामा ६–६ वटा सम्मान समर्पण गर्ने निर्णय गरिएको हो ।
अबदेखि जेठ महिनामा शोध सम्मान, राष्ट्रझङ्कार सम्मान, सिर्जना सम्मान, शिक्षक सम्मान, प्रशासनिक महिला प्रतिभा सम्मान र सामाजिक जागरण सम्मान समर्पण गरिनेछन् भने असोज महिनामा आमसञ्चार सम्मान, फोटो पत्रकारिता सम्मान, आध्यात्मिक पत्रकारिता सम्मान, साहित्यिक पत्रिका सम्मान, नेपालभूमि स्तम्भकार सम्मान र शिक्षा सम्मान समर्पण गरिनेछन् । यसै गरी माघ महिनामा कविता–काव्य सम्मान, बालसाहित्य सम्मान, समालोचना सम्मान, अनुसन्धान सम्मान, महिला प्रतिभा सम्मान र विज्ञान–प्रविधि सम्मान समर्पण गरिनेछन् ।