शब्दयात्रा प्रकाशनका शुभचिन्तक तथा शब्दयात्रा सम्मान व्यवस्थापक समाजका संयोजक श्रीमती उर्मिला श्रेष्ठ भोजपुरेका पिता वत्सलाल श्रेष्ठले धामगमन गर्नुभएको छ । उहाँले ९८ वर्षको उमेरमा गत २०७४ माघ ४ गते बिहीबार अपराह्न धामगमन गर्नुभएको हो ।
वत्सलाल श्रेष्ठ लेखक तथा आध्यात्मिक व्यक्तित्व हुनुहुन्थ्यो । उहाँका ‘श्रीकृष्णस्तुति’ लगायतका कृतिहरू प्रकाशित छन् । उहाँको जन्म १९७७ साल मङ्सिर ३० गते मङ्गलबार विवाहपञ्चमीका दिन काठमाडौँमा भएको थियो ।
शब्दयात्रा प्रकाशनले दिवङ्गत आत्माको आत्मशान्तिका लागि भगवान्सँग प्रार्थना गर्दै शोकविह्वल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।