Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesलोकगायक नीलमणि भण्डारीलाई सहयोगसहित सम्मान गरिने

लोकगायक नीलमणि भण्डारीलाई सहयोगसहित सम्मान गरिने

शब्दयात्रा प्रकाशनले विकलाङ्ग लोकगायक नीलमणि भण्डारी (भोजपुर) लाई रु. १०,०००।– सहित सम्मान गर्ने भएको छ । आगामी वैशाख ५ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना गरिने समारोहमा उहाँलाई सहयोगसहित सम्मान गरिनेछ । शब्दयात्रा प्रकाशनले साहित्यकार, कलाकार र पत्रकारलाई आर्थिक सहयोग गर्न अक्षरसेवी सहयोग कोष खडा गरेको छ । सो कोषमा धुलिखेलनिवासी केशव खुलाल क्षत्रीले पनि आफ्ना पिता टीकाबहादुर खुलाल क्षत्री र माता रमाकुमारी खुलाल क्षत्रीको स्मृति र सम्मानमा अक्षयकोषको स्थापना गर्नुभएको छ । उक्त अक्षयकोषको ब्याजबाट विकलाङ्ग लोकगायक नीलमणि भण्डारीलाई आर्थिक सहयोगसहित सम्मान गरिने भएको हो । उहाँले धेरै गीत, भजन र कवितामा आफ्नो स्वर दिनुभएको छ । सम्मान ग्रहण गर्न स्वीकृति दिनुभएकोमा उहाँप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार प्रकट गर्दछ ।