Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesराष्ट्रिय योगप्रतिभा पुरस्कार महात्मा सुशीलमा समर्पण

राष्ट्रिय योगप्रतिभा पुरस्कार महात्मा सुशीलमा समर्पण

महात्मा सुशीललाई २०८१ सालको ‘शब्दयात्रा नारायणी–शङ्कर राष्ट्रिय योगप्रतिभा पुरस्कार’ समर्पण गरिएको छ । पूर्वीय पद्धतिका रूपमा सुपरिचित पाशुपत योग नामक योगशिक्षाको प्रयोगकर्ता बनेर मानव जीवनलाई सार्थक बनाउने हेतुले पाशुपत योगपद्धतिलाई नेपालभित्र र नेपालबाहिरका विभिन्न स्थानहरूमा प्रचार र प्रयोग गर्न–गराउन व्यक्तिगत र संस्थागत रूपबाट विशिष्ट योगदान गर्नुभएकोमा उहाँलाई २५ हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र रुद्राक्षमालासहित उक्त पुरस्कार समर्पण गरिएको हो । हरेक वर्ष समर्पण गरिने यस पुरस्कारका लागि शिक्षासेवी शङ्करप्रसाद मानन्धरले कोषको व्यवस्थापन गर्नुभएको छ । पुरस्कार समर्पण गर्दा प्रा. रामकुमार पाँडेले अभिवन्दनापत्र, राप्रउ पोखरेलले शब्दयात्रा पट्ट, शङ्करप्रसाद मानन्धरले उपहार र भेटी तथा केदारनाथ तिमल्सिनाले रुद्राक्षमाला समर्पण गर्नुभएको थियो ।