महेश्वर जुजु राजोपाध्यायद्वारा सम्पादित ‘म उत्तमकृष्ण कर्माचार्य’ नामक कृति हिजो २०७९ साल भदौ १८ गते शनिबार सार्वजनिक गरियो । शब्दयात्रा प्रकाशनले आफ्नै सभाकक्षमा आयोजना गरेको कार्यक्रममा उक्त कृतिलाई पूर्वसांसद बमकुमारी बुढा र लेखक, अनुवादक तथा चिकित्सक डा. छत्रपति दाहालले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको थियो ।