Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

गीता अधिकारीले झोला पनि दिनुभो

शब्दयात्रा प्रकाशनका आजीवन सदस्य गीता अधिकारीले शब्दयात्रा प्रकाशनका लागि संस्थाको नाम, विशेषता र प्रतीकचिह्न अङ्कित ठूलो आकारका एक सय तीस थान झोलाहरू उपलब्ध गराउनुभएको...
HomeActivitiesमुकुन्द शर्मा चालिसेलाई कविताकाव्य सम्मान समर्पण गरिने

मुकुन्द शर्मा चालिसेलाई कविताकाव्य सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८० सालको वसन्त शर्मा कविताकाव्य सम्मान बागलुङ जिल्लामा जन्मनुभएका राष्ट्रिय प्रतिभा कवि मुकुन्द शर्मा चालिसेमा समर्पण गर्ने भएको छ । उहाँका ‘मातृत्व यस्तो हुन्छ’ र ‘हिमबाला’ (दुईवटै खण्डकाव्य), ‘रामायण चम्पू’ र ‘महाभारत चम्पू’ (दुईवटै चम्पूकाव्य), ‘पावनपथ’, ‘अपराजिता’ र ‘विश्वरूप’ (तीनैवटा महाकाव्य), ‘शुक्लयजुर्वेद’, ‘सामवेद’ र ‘सौन्दर्यलहरी’ (तीनैवटा पद्यानुवाद) आदिजस्ता काव्यकृति र कवितासङ्ग्रहहरू प्रकाशित छन् । सम्मान ग्रहण गर्न स्वीकृति दिनुभएकोमा कवि मुकुन्द शर्मा चालिसेप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ । हरेक वर्ष समर्पण गरिने यस सम्मानको कोष व्यवस्थापन काभ्रेपलान्चोकका कवि कविप्रसाद प्याकुरेलले प्रथम खण्डकाव्यकार वसन्त शर्माको स्मृतिमा गर्नुभएको हो । सम्मान चैत महिनामा समर्पण गरिनेछ ।