आगामी मङ्सिर १२ गते मङ्गलबार दिउँसो ठीक १ बजे काठमाडौँ कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा पुगौं । त्यस दिन गीतकार किरण खरेल, गायिका नूपुर भट्टाचार्य, समालोचक डा. दयाराम श्रेष्ठ सम्भव, बालसाहित्यकार कल्पना प्रधान र अन्वेषक प्रा. चेतोनाथ गौतमलाई सम्मान गरिनेछ । उक्त कार्यक्रममा द्रोणप्रसाद श्रेष्ठ ‘मुन्डाघरे’, लक्ष्मीभक्त अधिकारी र श्रीधर प्याकु¥यालका गरी तीनवटा पुस्तकलाई सार्वजनिक गरी वितरण गरिनेछ ।