शब्दयात्रा प्रकाशनले हरेक वर्ष १ जना विकलाङ्ग विद्यार्थीलाई ‘शब्दयात्रा भूप–मुक्ति विकलाङ्ग छात्रवृत्ति’ समर्पण गर्ने गरेको छ । शारीरिक रूपमा विकलाङ्ग छात्रछात्राहरू शैक्षिक, बौद्धिक र मनोवैज्ञानिक रूपमा सबल बन्न सकून् भन्ने उद्देश्यले यस छात्रवृत्तिको व्यवस्था गरिएको हो । यस वर्ष २०८३ सालमा यो छात्रवृत्ति काभ्रेपलाञ्चोक पातलेखेतको हनुमान माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययन गरिरहेकी छात्रा रेश्मा तामाङमा समर्पण गरिने भएको छ । छात्रवृत्तिको रकम र प्रमाणपत्र यही जेठ महिनामा समर्पण गरिनेछ । यसअघि यो छात्रवृत्ति छजना छात्रले पाइसकेका छन् । यस छात्रवृत्तिका लागि लेखक तथा सहप्राध्यापक डा. रूपनारायण श्रेष्ठले आफ्ना पितामाताको स्मृति र सम्मानस्वरूप शब्दयात्रा प्रकाशनमा अक्षयकोषको व्यवस्था गरिदिनुभएको छ । छात्रवृत्ति प्राप्त गर्न लाग्नुभएकोमा रेश्मा तामाङलाई शब्दयात्रा प्रकाशन अग्रिम बधाई ज्ञापन गर्दछ ।