शब्दयात्रा प्रकाशनले काभ्रेपलाञ्चोक जिल्लाका गरिब तथा जेहेन्दार १० जना विद्यार्थीलाई सम्बन्धित विद्यालयको सिफारिसमा हरेक वर्ष ‘शब्दयात्रा दिव्यवती–कान्तुप्रसाद छात्रवृत्ति’ समर्पण गर्ने गरेकोमा २०८३ सालका लागि १० जना विद्यार्थीमध्ये २ जना विद्यार्थीको नाम पनौतीस्थित पुण्य माध्यमिक विद्यालयबाट प्राप्त भएको छ । त्यस विद्यालयले कक्षा ७ का रोहन वि. क. र कक्षा ८ की प्रनुसा दाहालको नाम उपलब्ध गराएको छ । छात्रवृत्तिका लागि चयन हुनुभएकोमा उहाँहरूलाई बधाई ज्ञापन गर्दै गरिब तथा जेहेन्दार विद्यार्थीको चयन गरी नाम उपलब्ध गराएकोमा पुण्य माध्यमिक विद्यालयका प्रधानाध्यापकज्यूप्रति शब्दयात्रा प्रकाशन आभार व्यक्त गर्दछ । काठमाडौँ चाबहिल शान्तिगोरेटो निवासी शेखरप्रसाद ढुङ्गानाले आफ्ना मातापिताको सम्मानमा कोष व्यवस्थापन गर्नुभएको उक्त छात्रवृत्ति आगामी जेठ महिनामा समर्पण गरिनेछ ।