शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा भीमप्रसाद–पद्मकला सुवेदी भाषासेवा सम्मान’ भाषासेवी प्रा. शङ्करराज पाठक (काठमाडौँ) मा समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई सम्मान गर्ने निर्णय गरेको हो । प्रा. शङ्करराज पाठक त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति हुनुहुन्छ । उहाँद्वारा सम्पादित र २०६३ सालमा प्रथम संस्करणका रूपमा प्रकाशित ‘अङ्ग्रेजी–नेपाली वृहत् शब्दकोश’ नेपाली वाङ्मयको महत्त्वपूर्ण शब्दकोश मानिन्छ । उहाँजस्ता साधकमा सम्मान समर्पण गर्न पाउनु शब्दयात्रा प्रकाशनको सौभाग्य हो । यस सम्मानको कोष व्यवस्थापन भीमप्रसाद–पद्मकला स्मृतिकोषका तर्फबाट प्रा. लालानाथ सुवेदी (भोजपुर) ले गर्नुभएको हो । सम्मान यही चैत महिनामा समर्पण गरिनेछ । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा प्रा. शङ्करराज पाठकप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार प्रकट गर्दछ ।
प्रा. शङ्करराज पाठकमा भाषासेवा सम्मान समर्पण गरिने