साहित्यकारहरू गायत्रीकुमार चापागाईं, डा. छत्रपति दाहाल, ढुण्डिराज पोखरेल, भक्तबहादुर नेपाली र लोकमान मास्केले आफूले लेखेका पुस्तकहरू शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि उपहारस्वरूप प्रदान गर्नुभएको छ । ती पुस्तकहरू शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले ग्रहण गर्नुभएको थियो । शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि उपहारस्वरूप आफूले लेखेका पुस्तकहरू प्रदान गर्नुभएकोमा साहित्यकारहरू गायत्रीकुमार चापागाईं, डा. छत्रपति दाहाल, ढुण्डिराज पोखरेल, भक्तबहादुर नेपाली र लोकमान मास्केप्रति शब्दयात्रा प्रकाशनले हार्दिक आभार व्यक्त गरेको छ ।