शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक सम्पर्क केन्द्रको आयोजनामा सञ्चालित ‘कर्र्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रममा गत शुक्रबार सम्पर्क केन्द्रका सदस्य दीपक तिमल्सिनाले प्रवचन गर्नुभयो । उहाँको प्रवचनको विषय काभ्रेपलान्चोक जिल्लाका सहकारी संस्थाहरूको स्थितिका विषयमा रहेको थियो । कार्यक्रमको सञ्चालन शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक सम्पर्क केन्द्रका संयोजक साधुराम गिरीले र समीक्षा ‘शब्दसञ्चार’ रेडियो कार्यक्रमका प्रस्तोता शिव बन्जाराले गर्नुभएको थियो । कार्यक्रममा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्री पनि उपस्थित हुनुहुन्थ्यो ।