Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

आठ विधामा शब्दयात्रा सम्मान समर्पण

शब्दयात्रा प्रकाशनले विभिन्न विधाका आठजना राष्ट्रिय व्यक्तित्वमा २०८३ सालको पहिलो चरण अन्तर्गतको सम्मान समर्पण गरेको छ । प्रा. डा. प्रेमनारायण अर्यालमा ‘शब्दयात्रा होम–तोत्र शिक्षा...
HomeActivitiesपुरस्कार समर्पण तथा पुस्तक र गान सार्वजनिकीकरण समारोह सम्पन्न

पुरस्कार समर्पण तथा पुस्तक र गान सार्वजनिकीकरण समारोह सम्पन्न

शब्दयात्रा प्रकाशनको आयोजनामा आज २०८१ साल माघ २६ गते शनिबार पुरस्कार समर्पण तथा पुस्तक र गान सार्वजनिकीकरण समारोहको आयोजना गरेर सातवटा पुरस्कार समर्पण गर्नुका साथै एउटा कवितासङ्ग्रह र एउटा गानलाई सार्वजनिक गरियो । पुरस्कृत व्यक्तित्वका बारेमा कृष्णमणि कुइकेलले जानकारी दिनुभएको थियो भने पुस्तक र गानका बारेमा मच्छेश्वर सापकोटाले टिप्पणी गर्नुभएको थियो । कार्यक्रमको सभापतित्व संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले तथा सञ्चालन कार्यसम्पादन समितिका सदस्य कालिका त्रिपाठी पन्तले गर्नुभएको थियो । कार्यक्रमको समुद्घाटन शिक्षासेवी रामप्रसाद अधिकारीले, सम्मान सामग्रीको व्यवस्थापन अच्युत अधिकारीले, छायाङ्कन तथा स्वराङ्कन इ. रोशन मञ्जुश्री अधिकारीले, चयन समितिका संयोजक लोकेन्द्र ढकाललाई उपहार समर्पण वेदप्रसाद गौतमले र पुस्तक वितरण अमृत अधिकारीले गर्नुभएको थियो । कार्यक्रमको समीक्षासहित विसर्जन प्रकाश खड्काले गर्नुभएको उक्त समारोहमा आशीर्वचनको पत्रको व्यवस्थापन सङ्गीता केसीले गर्नुभएको थियो । शब्दयात्रा प्रकाशनको सभाकक्षमा दिउँसो १२ः३० बजे प्रारम्भ भएको उक्त कार्यक्रम २ः१५ बजे समापन गरिएको थियो ।