शब्दयात्रा प्रकाशनद्वारा गठित भौतिक संरचना निर्माण समितिको बैठक गत २०७४ साल पुस ६ गते बिहीबार शब्दयात्रा प्रकाशनको कार्यालयमा सम्पन्न भएको छ ।
समितिका अध्यक्ष हरि मञ्जुश्रीको अध्यक्षतामा बसेको बैठकले अब भौतिक संरचनाको निर्माणकार्य प्रारम्भ गर्ने र यही २०७४ सालभित्र सालिकको स्थापना र अनावरण गर्ने निर्णय गरेको छ ।