शब्दयात्रा प्रकाशन परिवारका सम्पूर्ण मित्रहरू !
विक्रम सम्वत् अनुसारको नयाँ वर्ष २०७८ आजदेखि प्रारम्भ भएको छ । यस अवसरमा शब्दयात्रा प्रकाशनका संस्थापक, सञ्चालक, सदस्य, दाता, कार्यालय सहयोगी, अर्थसहयोगी, अन्य सहयोगी, लेखक, स्तम्भकार, पाठक, मुद्रक, शुभेच्छुक तथा उहाँहरूका परिवार सबैमा हार्दिक मङ्गलकामना व्यक्त गर्दछु ।
शब्दयात्रा प्रकाशन विचार, विवेक, कल्पनाशीलता र रचनात्मकतालाई जाग्रत गराउने संस्था हो । विचारहरूलाई मन्थन गरेर गूढ तत्त्व फेला पार्ने र त्यस तत्त्वलाई मानव–कल्याणका लागि उपयोग गर्ने हाम्रो संस्कार अनुसार नै हामी आफूलाई अघि बढाऊँ । सम्भावनाका क्षेत्रहरू पहिल्याऊँ । राष्ट्रिय समाज र स्थानीय समुदायको हितमा कार्यक्रमहरू सञ्चालन गरौँ । अनि मात्र हामी शब्दयात्रा प्रकाशनको महिमालाई अझ उच्च बनाउन सक्छौँ ।
नयाँ वर्ष २०७८ ले हामीलाई आफ्नो कर्तव्य निर्वाह गरेर शब्दयात्रा प्रकाशनको गौरव र गरिमा बढाउने उत्साह, उमङ्ग, शक्ति र सामथ्र्य देओस्, यस संस्थासँग जुनसुकै रूपमा सम्बन्धित व्यक्तिमा पनि शान्ति र समृद्धि प्राप्त भएर आत्मबल सुदृढ र जीवन सुखमय बनोस्, शब्दसाधक तीर्थबाट निरन्तर सकारात्मक ऊर्जा प्रवाहित भइरहोस्, नीलकण्ठेश्वर महादेवसँग म यही प्रार्थना गर्दछु ।