Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

विवश पोखरेल र सन्ध्या पहाडीलाई ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गरिने

शब्दयात्रा प्रकाशनले अक्षरसेवी विवश पोखरेल (मोरङ) र अक्षरसेवी सन्ध्या पहाडी (कपिलवस्तु) लाई २०८३ सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गर्ने भएको छ ।...
HomeActivitiesनयाँ आध्यात्मिक गान ‘तत्त्वमसि’ सार्वजनिक

नयाँ आध्यात्मिक गान ‘तत्त्वमसि’ सार्वजनिक

शब्दयात्रा प्रकाशनको आयोजनामा हिजो साउन २ गते बुधबार आयोजित ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रममा हरि मञ्जुश्रीको शब्द, सङ्गीत र स्वर रहेको आध्यात्मिक गान ‘तत्त्वमसि’ सार्वजनिक गरियो । गानलाई नीलकण्ठेश्वर धाम संरक्षण समितिका अध्यक्ष कृष्णमणि कुइकेलले सार्वजनिक गर्नुभएको थियो भने गीतिभास्कर मच्छेश्वर सापकोटाले उक्त गानमाथि टिप्पणी गर्नुभएको थियो । यो गान हरि मञ्जुश्रीको सातौँ गान हो । यसको सुपरिवेक्षण गीतिभास्कर मच्छेश्वर सापकोटाले र वाद्यसंयोजन बालकृष्ण सेवाचार्यले गर्नुभएको छ । यसअघि हरि मञ्जुश्रीको शब्द, सङ्गीत र स्वरमा ‘प्रज्ञानं ब्रह्मः’, ‘अयमात्मा ब्रह्मः’, ‘अहं ब्रह्मास्मि’, ‘खं ब्रह्मः’ आदि गानहरू प्रस्तुत भइसकेका छन् । अब ‘माता मे भूमि पुत्रोऽहं पृथिव्याः’ र ‘वयं राष्ट्रेृ जागृयाम पुरोहिताः’ पनि आउनेछन् । समुन्नत सभ्यता र सम्पदालाई तहसनहस पार्न खोज्ने, शास्त्रीय र ऐतिहासिक तथ्यलाई गलत ढङ्गले प्रस्तुत गर्ने अनि धर्म, सम्प्रदाय, जाति, लिङ्ग, वर्ण, भौगोलिकता आदिका नाउँमा मानव–मानवबीच विभेद ल्याउने प्रयास भइरहेको देखेपछि चेतनामूलक र ज्ञानवर्धक आध्यात्मिक गानहरूका माध्यमबाट समेत नयाँँ पुस्तालाई आफ्नो मौलिकता र अस्तित्वको चिनारी गराइदिन र समाजलाई सकारात्मक दिशातिर लैजान सकिन्छ भन्ने सोचले यस्ता गानहरू तयार पारिएको हो ।