Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesतीन पत्रकारलाई कदर

तीन पत्रकारलाई कदर

शब्दयात्रा प्रकाशनले काभ्रेपलान्चोक जिल्लाको प्रतिभाका रूपमा तीनजना पत्रकारलाई २०८१ सालको ‘शब्दयात्रा प्रकाशन हरिगोपाल प्रधान कदरपत्र’ समर्पण गरेको छ ।
फोटो पत्रकारिताका माध्यमबाट जन्मजिल्लाको ऐतिहासिक परिचय कायम गराउन सफल हुनुभएकोमा केशवराज पौडेललाई, विद्युतीय पत्रकारिताका माध्यमबाट पत्रकारिताका क्षेत्रमा आफ्नो अमिट छाप राख्न सफल हुनुभएकोमा कपिल कोइरालालाई र छापा पत्रकारिताका क्षेत्रमा योगदान दिई त्यसको व्यवस्थापन कौशलबाट अमिट छाप राख्न सफल हुनुभएकोमा प्रह्लाद शर्मा हुमागाईंलाई कदरपत्र समर्पण गरिएको हो ।
यही मङ्सिर २१ गते आयोजित कार्यक्रममा उहाँहरूलाई कदरपत्र व्यवस्थापक हरिगोपाल प्रधान, राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्त र प्रमुख अतिथि प्रा. डा. कुलप्रसाद कोइरालाले पुष्पमाला, उपहार र प्रमाणपत्र समर्पण गर्नुभएको थियो ।