Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesडा. रामदयाल राकेशलाई समालोचना सम्मान

डा. रामदयाल राकेशलाई समालोचना सम्मान

शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा समालोचना सम्मान, २०७९’ नेपाली, हिन्दी, मैथिली र अङ्ग्रेजी भाषाका समालोचक, साहित्यकार तथा अनुवादक डा. रामदयाल राकेश (सर्लाही) लाई समर्पण गर्ने भएको छ । समालोचना विधामा ‘नेपाली कविता विभिन्न आयाम’, ‘नेपाली साहित्य विभिन्न आयाम’, ‘नेपाली समालोचना विभिन्न आयाम’ जस्ता पुस्तकहरू लेखी प्रकाशन गराउनुका साथै नेपाली र मैथिलीभाषी साहित्यलाई हिन्दी र अङ्ग्रेजीभाषी पाठकसमक्ष प्रस्तुत गरेर विशिष्ट योगदान गर्नुभएको हुनाले उहाँलाई यो सम्मान समर्पण गर्ने निर्णय गरिएको हो । लेखक लालानाथ सुवेदी र उहाँका भाइहरू (भोजपुर) ले आफ्ना मातापिता पद्मकला — भीमप्रसाद सुवेदीको स्मृति र सम्मानमा व्यवस्था गरिदिनुभएको अक्षयकोषको ब्याजबाट हरेक वर्ष यो सम्मान समर्पण गरिन्छ । सम्मानित हुन लाग्नुभएकोमा नेपाली, हिन्दी, मैथिली र अङ्ग्रेजी भाषाका समालोचक, साहित्यकार तथा अनुवादक डा. रामदयाल राकेशलाई हार्दिक बधाई छ ।