शब्दयात्रा प्रकाशनबाट अब ‘गाईजात्रा’ (लघुकथासङ्ग्रह) को छापिने पालो आएको छ । साहित्यकार गायत्रीकुमार चापागाईंले लेख्नुभएको यो किताब शब्दयात्रा प्रकाशनको १ सय ७५ औँ प्रकाशनपुष्प हो । यही जेठ महिनामा छापिसकिने ‘गाईजात्रा’ को विषयवस्तु राजनीतिक विकृति, सामाजिक विसङ्गति, मनोवैज्ञानिक अन्धावस्था र विविध शोषणको विद्रूपता रहेका छन् । विचार, शैली र भाषा–व्याकरणका आधारमा ‘गाईजात्रा’ उच्चस्तरको लघुकथासङ्ग्रह बनेको छ ।