शब्दयात्रा प्रकाशनले सङ्खुवासभा जिल्लामा जन्मेर साहित्यिक क्षेत्रबाट राष्ट्रिय ख्याति आर्जन गर्नुभएका अग्रज साहित्यकार ज्ञान उदासलाई ‘शब्दयात्रा–केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार, २०७८’ समर्पण गर्ने भएको छ । पुरस्कारमा रुद्राक्षमाला, उपहार, शब्दयात्रा पट्ट, नगद रकम र अभिवन्दनापत्र समर्पण गर्ने गरिन्छ । शब्दयात्रा प्रकाशन परिवार पुरस्कार ग्रहण गर्न स्वीकृति दिनुभएकोमा अग्रज साहित्यकार ज्ञान उदासप्रति हार्दिक आभार व्यक्त गर्दछ । स्मरणीय छ — पुरस्कारको आर्थिक व्यवस्थापन गर्नुहुने गीतकार श्रीमती लीला श्रेष्ठले हरेक वर्ष सङ्खुवासभा जिल्लाका राष्ट्रिय प्रतिभालाई पुरस्कृत गर्ने गरी शब्दयात्रा प्रकाशनको नाउँमा अक्षयकोष राखिदिनुभएको छ ।