शब्दयात्रा प्रकाशनको साप्ताहिक प्रकाशन ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ पत्रिकाका पूर्व कार्यकारी सम्पादक चूडाप्रसाद चौलागाईंले ‘नेपालभूमि’ को ‘चिन्तन’ स्तम्भमा लेखेका लेखहरूको सङ्ग्रहका रूपमा ‘विषय र विवेचना’ नामक पुस्तक प्रकाशन हुने भएको छ । जम्मा १ सय ४४ पृष्ठको उक्त पुस्तकमा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री र सदस्य डा. इन्दुल केसीले पुस्तकमाथि मन्तव्य तथा गीता मञ्जुश्रीले कृतिकारको परिचय लेख्नुभएको छ ।
काभ्रेको प्रभा माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष तेज पन्तको प्रकाशकत्वमा उक्त पुस्तक प्रकाशन हुन लागेको हो । ‘विषय र विवेचना’ चूडाप्रसाद चौलागाईंको दोस्रो पुस्तक हो । यसअघि उहाँको ‘जीवनका अन्तरङ्ग’ पुस्तक प्रकाशित भएको थियो ।J