Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesचट्याङ मास्टरलाई हास्यव्यङ्ग्य सम्मान समर्पण गरिने

चट्याङ मास्टरलाई हास्यव्यङ्ग्य सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८० सालको हास्यव्यङ्ग्य सम्मान भक्तपुर जिल्लामा जन्मनुभएका राष्ट्रिय प्रतिभा हास्यव्यङ्ग्यकार चट्याङ मास्टर (कृष्णमुुरारि गौतम) मा समर्पण गर्ने भएको छ । हास्यव्यङ्ग्य विधासँग सम्बन्धित उहाँका ‘चट्याङगीता’ का विभिन्न भागहरू प्रकाशित छन् । सम्मान ग्रहण गर्न स्वीकृति दिनुभएकोमा हास्यव्यङ्ग्यकार चट्याङ मास्टरप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ । यस सम्मानको कोष व्यवस्थापन काभ्रेपलान्चोकका प्रतिभा हास्यव्यङ्ग्यकार शारदाप्रसाद शर्माले आफ्ना शिक्षासेवी पिता पं. रुद्रलाल शर्मा धितालको स्मृतिमा गर्नुभएको हो । सम्मान यही चैत महिनामा समर्पण गरिनेछ ।