Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८५. वैदिक सम्पदाको विश्वव्यापिता

यो पुस्तक हरि मञ्जुश्रीद्वारा लिखित ३४ औँ पुस्तक हो । योसमेत उहाँका पुस्तकको सङ्ख्या १४१ पुगेको छ । यस पुस्तकका मुख्य विशेषता तीनवटा छन्...
HomeActivitiesचट्याङ मास्टरलाई हास्यव्यङ्ग्य सम्मान समर्पण गरिने

चट्याङ मास्टरलाई हास्यव्यङ्ग्य सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८० सालको हास्यव्यङ्ग्य सम्मान भक्तपुर जिल्लामा जन्मनुभएका राष्ट्रिय प्रतिभा हास्यव्यङ्ग्यकार चट्याङ मास्टर (कृष्णमुुरारि गौतम) मा समर्पण गर्ने भएको छ । हास्यव्यङ्ग्य विधासँग सम्बन्धित उहाँका ‘चट्याङगीता’ का विभिन्न भागहरू प्रकाशित छन् । सम्मान ग्रहण गर्न स्वीकृति दिनुभएकोमा हास्यव्यङ्ग्यकार चट्याङ मास्टरप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ । यस सम्मानको कोष व्यवस्थापन काभ्रेपलान्चोकका प्रतिभा हास्यव्यङ्ग्यकार शारदाप्रसाद शर्माले आफ्ना शिक्षासेवी पिता पं. रुद्रलाल शर्मा धितालको स्मृतिमा गर्नुभएको हो । सम्मान यही चैत महिनामा समर्पण गरिनेछ ।