जल्ले एक मुठी रश्मि पहिले पूर्वमा छ¥यो
पातलो ज्योति बिछ्याई जल्ले कोसी नदी त¥यो
त्यो बालब्रह्मचारीको पवित्र प्रतिमामनि
यो तीर्थस्थलमा बस्ता गुन्जन्छ भित्रको ध्वनि ।

— राष्ट्रकवि माधवप्रसाद घिमिरे
(नेपालका प्रथम शिक्षासेवी बालागुरु षडानन्दको प्रतिमास्तम्भमा राख्न लेखिएको कविता)