Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

ललितपुर प्रतिभा पुरस्कार डा. महेशकुमार अधिकारीलाई

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा क्याप्टेन टीकाराम–रामेश्वरी चालिसे ललितपुर प्रतिभा पुरस्कार’ वनस्पतिविज्ञ डा. महेशकुमार अधिकारी (ललितपुर) मा समर्पण गर्ने भएको छ । यस पुरस्कारको...
HomeActivities‘कर्मयोद्धासँग शब्दसंवाद’ मा डा. इन्दुल केसीको प्रवचन

‘कर्मयोद्धासँग शब्दसंवाद’ मा डा. इन्दुल केसीको प्रवचन

शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक सम्पर्क केन्द्रको आयोजनामा जुमका माध्यमबाट सम्पन्न भएको ‘कर्मयोद्धासँग शब्दसंवाद’ साप्ताहिक प्रवचन कार्यक्रममा यसपटक लेखक तथा पूर्वप्रशासक डा. इन्दुल केसीले प्रवचन गर्नुभएको छ । उहाँले ‘प्राकृतिक चिकित्सा आजको आवश्यकता’ भन्ने विषयमा प्रवचन गर्नुभएको हो । काभ्रेपलान्चोक सम्पर्क केन्द्रका संयोजक साधुराम गिरीले सञ्चालन गर्नुभएको उक्त प्रवचन कार्यक्रमको सभापतित्व शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले गर्नुभएको थियो भने जुम कार्यक्रममा दीपक तिमल्सिना, सहदीप पलान्चोके, शिव बन्जारा, सुनील सापकोटा, पदम दाहाल आदिको सहभागिता रहेको थियो । यो कार्यक्रम हरेक शुक्रबार बेलुका ७ बजेदेखि हुने गरेको छ ।